काठमाडौं उपत्यकामा थपिए ८२२ जना कोरोना संक्रमित
काठमाडौं, मंसिर १२ : काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ८२२ जनामा कोरोना...
काठमाडौं, मंसिर १२ : काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, शुक्रबार नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ भने अहिलेसम्म २ लाख १० हजार ६७१ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १४३५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारमात्रै १२३६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।











