पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु
काठमाडौं, मंसिर १२ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु...
काठमाडौं, मंसिर १२ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १४३५ पुगेको छ।
यस्तै, शुक्रबार नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ भने अहिलेसम्म २ लाख १० हजार ६७१ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १४३५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारमात्रै १२३६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:१० बजे, शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











