Kathmandu Press

न्याय परिषद् सदस्यमा सिफारिस श्रेष्ठको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं, मंसिर १२ : न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ। शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषद्...
न्याय परिषद् सदस्यमा सिफारिस श्रेष्ठको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं, मंसिर १२ : न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ। 

शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषद् सदस्यमा सिफारिस श्रेष्ठको नाम सर्वसम्मतीबाट अनुमोदन गरेको हो। योसँगै न्याय परिषद् सदस्यमा नियुक्ति हुने श्रेष्ठको बाटो खुलेको छ। 

श्रेष्ठलाई गत कात्तिक २२ गते नेपाल बार एसोसिएसनको बैठकले न्याय परिषद् सदस्यमा सिफारिस गरेको थियो। 

प्रकाशित मिति: २१:०६ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्