Kathmandu Press

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, मंसिर १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा खटिने स्वासथ्यकर्मीलाई जोखिम भत्ता उपलव्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा...
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, मंसिर १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलव्ध गराउन निर्देशन दिएको छ। 

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा महामारीको समयमा उपचारमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिइएको हो।

स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्ने गुनासो सञ्चार माध्यमहरूमा आएको भन्दै मन्त्रालयले जोखिम भत्तासमेत समावेश गरी असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ निकासा भइसकेको जनाएको छ।

प्रकाशित मिति: २१:०४ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्