कोरोना संक्रमणको कारण पोखरामा थप दुईको मृत्यु
काठमाडौं, मंसिर १२ : कोरोना संक्रमणको कारण पोखरामा थप दुई जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिला र चरक मेमोरियल अस्पतालमा...
काठमाडौं, मंसिर १२ : कोरोना संक्रमणको कारण पोखरामा थप दुई जनाको मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिला र चरक मेमोरियल अस्पतालमा एक पुरूषको मृत्यु भएको हो।
मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिका–३२ की ६६ वर्षीया महिलाको प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यस्तै, मंसिर १० गते कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिका–२ का ५९ वर्षीय पुरूषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो।
मिर्गौला र मधुमेहसम्बन्धी समस्या रहेको पुरुषमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











