भरतपुरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
चितवन, मंसिर १२ : कोरोना भाइरसको संक्रमणबाट चितवनस्थित भरतपुर अस्पतालमा दुई जनाको मृत्यु भएको छ।कोरोनाबाट भरतपुर महानगरपालिका–१७ का ७७ वर्षीय बृद्धको आज बिहान...
चितवन, मंसिर १२ : कोरोना भाइरसको संक्रमणबाट चितवनस्थित भरतपुर अस्पतालमा दुई जनाको मृत्यु भएको छ।
कोरोनाबाट भरतपुर महानगरपालिका–१७ का ७७ वर्षीय बृद्धको आज बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई मंसिर ३ गते संक्रमण पुष्टि भएको थियो। उनी मंसिर ५ गते अस्पताल भर्ना भएका थिए।
त्यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० की ५७ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई मंसिर ११ गते अस्पताल भर्ना गरिएको थियो।
योसँगै चितवनमा कोरोना संक्रमणबाटद मृत्यु हुनेको संख्या ८८ पुगेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। यसमा चितवनका मात्रै छन्, उपचारका लागि बाहिरबाठ आएकाको संख्या जोडिएको छैन।
प्रकाशित मिति: २०:१५ बजे, शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











