कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकको मृत्यु
काठमाडौं, मंसिर १२ : कोरोना संक्रमणको कारण रुपन्देहीमा थप एक महिलाको मृत्यु भएको छ। संक्रमण पुष्टि भएपछि भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका–११ की ६०...
काठमाडौं, मंसिर १२ : कोरोना संक्रमणको कारण रुपन्देहीमा थप एक महिलाको मृत्यु भएको छ।
संक्रमण पुष्टि भएपछि भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका–११ की ६० वर्षीया महिलाको मृत्यु भएको हो।
बिहीबार राति १२ बजे अस्पताल भर्ना भएकी महिलाको १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
योसहित रुपन्देहीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११९ पुगेको छ।
प्रकाशित मिति: १९:३९ बजे, शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











