कोरोना संक्रमणबाट विराटनगरमा सुत्केरीको मृत्यु
काठमाडौं, मंसिर १२ : कोरोना संक्रमणबाट विराटनगरमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। नोवेल मेडिकल कलेजमा उपचाररत मोरङको रतुवामाई नगरपालिका १० की २५ वर्षीय...
काठमाडौं, मंसिर १२ : कोरोना संक्रमणबाट विराटनगरमा एक सुत्केरी महिलाको मृत्यु भएको छ।
नोवेल मेडिकल कलेजमा उपचाररत मोरङको रतुवामाई नगरपालिका १० की २५ वर्षीय महिलाको मृत्यु भएको हो।
मंसिर १० गते अस्पताल भर्ना भएकी महिलामा मृगौलाको समस्या र निमोनिया देखिएको थियो। उनको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो।
प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











