Kathmandu Press

गुल्मी दुर्घटना : ६ जनाको मृत्यु, दुई घाइते (अपडेट)

गुल्मी, मंसिर १२ : गुल्मीको इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।सदरमुकाम तम्घास जाँदै गरेको लु १...
गुल्मी दुर्घटना : ६ जनाको मृत्यु, दुई घाइते (अपडेट)

गुल्मी, मंसिर १२ : गुल्मीको इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप इस्मा –४ को हुल नजिकै दुर्घटना भएको हो। दुर्घटनामा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी, धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका–५  ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताए।

घाइते तीन जनामध्ये इस्मा–४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि तम्घास ल्याउँदै गर्दा बाटोमै मत्यु भएको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पाच्यले बताए।

दुर्घटनामा परी घाइते इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको गुल्मी अस्पतालमा उपचार भइरहेको छ।

दश यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको जीप ब्रेकफेल भई दुर्घटना भएको थियो। सडकबाट चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्