Kathmandu Press

धरानमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु

धरान, मंसिर १२ : कोरोना भाइरसको संक्रमणबाट धरानमा एक जना बृद्धको मृत्यु भएको छ।गएराति मोरङको बेलबारीका ७६ वर्षीय बृद्धको कोरोना संक्रमणबाट धरानमा मृत्यु...
धरानमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु

धरान, मंसिर १२ : कोरोना भाइरसको संक्रमणबाट धरानमा एक जना बृद्धको मृत्यु भएको छ।

गएराति मोरङको बेलबारीका ७६ वर्षीय बृद्धको कोरोना संक्रमणबाट धरानमा मृत्यु भएको हो। धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति ९ः३० बजे मृत्यु भएको अस्पतालका सह– प्रवक्ता डा. आशिष श्रेष्ठले बताए।

उनलाई मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यहि दिन उनलाई प्रतिष्ठानको कोभिड वार्डमा भर्ना गरिएको थियो।

उनलाई श्वसाप्रश्वासमा समस्या रहेको थियो। उनी दिर्घरोगी रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्