Kathmandu Press

चितवन कारागारबाट दिउसै भागे थुनुवा

भरतपुर, मंसिर १२ : चितवनको भरतपुरस्थित जिल्ला कारागारबाट एक जना थुनुवा दिउसै भागेका छन्।बलात्कार मुद्दामा साउन २० गतेदेखि थुनामा रहेका कालिका नगरपालिका २...
चितवन कारागारबाट दिउसै भागे थुनुवा

भरतपुर, मंसिर १२ : चितवनको भरतपुरस्थित जिल्ला कारागारबाट एक जना थुनुवा दिउसै भागेका छन्।

बलात्कार मुद्दामा साउन २० गतेदेखि थुनामा रहेका कालिका नगरपालिका २ पदमपुरका ४५ वर्षीय रेशमलाल श्रेष्ठ कारागारबाट भागेका हुन्। उनी बिहीबार कारागारबाट भागेको जेलर कमलप्रसाद काफ्लेले बताए।

बिहीबार साँझ साढे ५ बजे कैदीबन्दी गणना गर्ने क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी भागेको थाहा पाइएको जनाएको छ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएका छ।

प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्