Kathmandu Press

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ, मंसिर १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउँदै सीमा लगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट...
प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ, मंसिर १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउँदै सीमा लगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन् । 

आफूसँग बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्धैन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्‍याइदिन आग्रह गरेका हुन् । भेटको शुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाउनुभएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।'

दुवै देशका प्रधानमन्त्रिस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवाद लगायत विषयमा आगामी दिनमा वार्ता र छलफल तथा आपसी उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने वातावरण सिर्जना भएको छ । सल्लाहकार डा. भट्टराईका अनुसार भेटमा प्रधानमन्त्री ओलीले भनेका थिए,“हामी दुई देशबीचको आपसी  र बहुआयामिक सम्बन्धलाई एक्काइसौँ शताब्दी अनुकूल तथा युग सुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौँ । 

सीमा लगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । हाम्रा बीचका सीमा विवाद अहिले एकाएक सिर्जना भएका होइनन् । इतिहासले विरासतका रुपमा छाडेका समस्या हुन् । यसलाई थाँती राखेर जाँदा झन् समस्या आउन सक्छ, त्यसैले मिलेर समाधान गरौँ । यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्दछु ।” भारतको गत स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी शुभकामना दिएका थिए । 

प्रधानमन्त्री ओलीले सचिव हर्षबद्र्धनसँगको भेटमा आपसी विवादका विषय समाधान भएपछि  सम्बन्धमा नयाँ उचाइ प्राप्त हुने विश्वास व्यक्त गर्दै नेपालको भूभाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराए ।  नेपाल तटस्थ रही कसैको पनि ‘कार्ड’ का रुपमा प्रयोग नहुने उनले बताएका थिए । भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्शामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमिलाई समेटेर नयाँ नक्शा जारी गरी त्यसलाई सङ्घीय संसद्बाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो । 

त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएका स्थितिमा पछिल्ला समयमा भारतीय पक्षबाट नेपालका भएका विभिन्न भ्रमण र भेटवार्ताले वातावरण थप सहज हुँदै गएको छ । नेपालको उक्त भनाइमा भारतीय सचिव श्रृङ्गगाको जवाफ के थियो भन्ने प्रश्नमा सल्लाहकार डा. भट्टराईले सचिव हर्षबद्र्धनले परराष्ट्र सचिवस्तरीय आजको वार्तामा दुई देशबीचका सहकार्य र आपसी सबै विषयमा छलफल भएको अवगत गराएको जानकारी दिए । सचिव श्रृङ्गलाले दुई देशबीचको सम्बन्धलाई थप सकारात्मक बनाउँदै परिणामूलक बनाउन पहल गर्ने विश्वास दिलाएका थिए । 

प्रकाशित मिति: १३:०७ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्