Kathmandu Press

भारतमा ९३ लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौ, मंसिर १२ : भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा...
भारतमा ९३ लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौ, मंसिर १२ : भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४२ हजारभन्दा बढी संक्रमित भएका हुन् ।

थप ४२ हजार ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९३ लाख ८ हजार ७५१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८७ लाख १६ हजार ५६६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ १ लाख ३५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४७३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार ७३४ पुगेको हो ।

प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्