प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव हर्षवर्धनबीच शिष्टाचार भेटवार्ता
काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता भएको छ। भारतीय विदेश सचिव श्रृंगलाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...
काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता भएको छ।
भारतीय विदेश सचिव श्रृंगलाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। भेटमा उनीहरुबीच दुई पक्षीय हित, आपसी सहयोग आदान प्रदान, नेपाल–भारतबीच उत्पन्न समस्या समाधान लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
यसअघि प्रधानमन्त्री ओलीलाई भेट्नुअघि भारतीय विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका थिए। बिहीबार काठमाडौं आइपुग्नासाथ भारतीय विदेश सचिव श्रृंगला याक एन्ड यति होटलमा आयोजित नेपाल–भारत सचिवस्तरीय बैठकमा सहभागी भएका थिए।
विदेश सचिव श्रृंगलाले बिहीबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ। दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव शुक्रबार गोरखा जाने कार्यक्रम छ।











