Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ७८५ जना कोरोना संक्रमित

काठमाडौं, मंसिर ११ : काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ८३५ जनामा कोरोना...
काठमाडौं उपत्यकामा थपिए ७८५ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, मंसिर ११ : काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै, बिहीबार नेपालमा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने अहिलेसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १४१२  पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै १४३७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:३६ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्