नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता सकियो
काठमाडौं, मंसिर ११ : नेपाल र भारतका परराष्ट्र सचिव स्तरीय द्विपक्षीय वार्ता सकिएको छ। बिहीबार होटल याक एन्ड यतिमा भएको नेपाल र भारतका परराष्ट्र...
काठमाडौं, मंसिर ११ : नेपाल र भारतका परराष्ट्र सचिव स्तरीय द्विपक्षीय वार्ता सकिएको छ।
बिहीबार होटल याक एन्ड यतिमा भएको नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय वार्ता दुई मुलुकबीच कूटनीतिक संवादको लागि बाटो खुला गर्ने निर्णय गर्दै सकिएको हो।
द्विपक्षीय वार्तामा नेपाल-भारतबीच पछिल्लो समय देखिएको सीमा विवाद, आपसी सहयोग लगायतका विषयमा छलफल भएको थियो।
परराष्ट्र सचिवस्तरीय वार्ताबारे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत निर्णय सार्वजनिक गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। वार्तापछि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले वार्तालाई उपलब्धिमूलक भेटघाट भएको बताएका छन्।
'दुई देशबीच छलफलको राम्रो सुरुवात भएको छ। समस्या समाधान गर्ने विषयमा छलफल भएको छ,’ उनले भने।
यस्तै, परराष्ट्र मन्त्रालयले पनि दुई पक्षीय वार्ता उपलब्धिमुलक भएको बताएको छ।











