Kathmandu Press

हामी चीन र भारत दुवै देशसँग मिलेर अघि बढ्न चाहन्छौं : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, मंसिर ११ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल दुई छिमेकी देश चीन र भारतसँग मिलेर एकसाथ अघि बढ्न चाहेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको...
हामी चीन र भारत दुवै देशसँग मिलेर अघि बढ्न चाहन्छौं : परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली।

काठमाडौं, मंसिर ११ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल दुई छिमेकी देश चीन र भारतसँग मिलेर एकसाथ अघि बढ्न चाहेको बताएका छन्। 

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नेपाल चीन र भारत दुवै देशसँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन्।

उनले दुवै देशसँग सुमधुर सम्बन्ध हुँदा मात्रै नेपालको विकासमा थप सहयोग पुग्ने बताए।  भारत र चीन्बाट भइरहेका नेपाल भ्रमणका विषयमा संसदीय सुनुवाइ समितिमा केही सांसदहरुले भारतीय वा चिनियाँ कार्ड खेल्न खोजेको हो कि प्रश्न उठाएका थिए। 

त्यसको जवाफमा पनि मन्त्री ज्ञवालीले  नेपाल जस्तो देशले कार्ड खेलेर खेलिने मित्रराष्ट्र भारत र चीन नभएको बताए। उनले दुवै देशसँग राम्रो सम्बन्ध राखेर अघि बढेमात्रै आर्थिक विकासबाट लाभ लिन सकिने बताए।
 

प्रकाशित मिति: २१:०६ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्