Kathmandu Press

साँझ ५ बजे प्रधानमन्त्री ओलीसँग भेट्दै विदेश सचिव श्रींगाल

काठमाडौं, मंसिर ११ : बिहीबार बिहान नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेका भारतीय विदेश सचिव हर्षवर्धन श्रींगलले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता...
साँझ ५ बजे प्रधानमन्त्री ओलीसँग भेट्दै विदेश सचिव श्रींगाल

काठमाडौं, मंसिर ११ : बिहीबार बिहान नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेका भारतीय विदेश सचिव हर्षवर्धन श्रींगलले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन्। 

बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास जानेछन्।

उनी अहिले दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्ताको लागि होटल  याक एण्ड यतीमा छन्।

उनी भोलि गोरखा र मनाङमा भारतीय सहयोगमा निमार्ण भइरहेको घर र गुम्बाको अवलोकन गर्न जाने कार्यक्रम रहेको छ।

उनी भोलि नै भारत फर्किनेछन्।

प्रकाशित मिति: १९:४० बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्