मोरङमा कोरोना संक्रमणबाट दुई वृद्धको मृत्यु
विराटनगर, मंसिर ११ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा दुई जना बृद्धको मृत्यु भएको छ।मोरङको लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको विराटनगरस्थित नोबेल शिक्षण...
विराटनगर, मंसिर ११ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा दुई जना वृद्धको मृत्यु भएको छ।
मोरङको लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो। उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।
उनलाई मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यहि दिन अस्पताल भर्ना गरिएको थियो।
ज्वरो र खोकीसँगै श्वासप्रश्वासमा समस्या रहेको थियोर उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
त्यस्तै, मोरङको रतुवामाई नगरपालिका–८ का ८० वर्षीय वृद्धको गएराति होम आइसोलेसनमै मृत्यु भएको छ। उनी कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका थिए।
उनलाई मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा रहेका बृद्धलाई राति एकाएक श्वासप्रश्वासमा समस्या आएको थियो।
परिवारजनले अस्पताल लग्न नपाउँदै राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।











