Kathmandu Press

दुई देशको मित्रतालाई बढाउनेबारे छलफल गर्नेछु : विदेश सचिव श्रींगला

काठमाडौं, मंसिर ११ : दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले दुई देशको मित्रतालाई बढाउनेबारे नेपाली अधिकारीहरुसँग छलफल गर्ने बताएका...
दुई देशको मित्रतालाई बढाउनेबारे छलफल गर्नेछु : विदेश सचिव श्रींगला

काठमाडौं, मंसिर ११ : दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले दुई देशको मित्रतालाई बढाउनेबारे नेपाली अधिकारीहरुसँग छलफल गर्ने बताएका छन्। 

बिहीबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रींगलाले  दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर छलफल गर्न आफ्र नेपाल आएको बताएका हुन्।

यसअघि पनि उनी नेपाल भ्रमणमा आएका थिए। तर परराष्ट सचिवको रुपमा पहिलो पटक नेपाल भ्रमण आएको उनले बताए। 

उनको भोलि गोरखा र मनाङ भ्रमणमा जाने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १८:४८ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्