Kathmandu Press

कोरोना संक्रमणको कारण पोखरामा थप दुईको मृत्यु

काठमाडौं, मंसिर ११ : कोरोना संक्रमणको कारण पोखरामा दुई जनाको मृत्यु भएको छ। पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एक र कास्की सेवा अस्पतालमा एकको मृत्यु...
कोरोना संक्रमणको कारण पोखरामा थप दुईको मृत्यु

काठमाडौं, मंसिर ११ : कोरोना संक्रमणको कारण पोखरामा दुई जनाको मृत्यु भएको छ। 

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एक र कास्की सेवा अस्पतालमा एकको मृत्यु भएको हो। 

बुधबार राति पोखरा महानगरपालिका– १३ की ६६ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै कास्की सेवा अस्पतालमा लमजुङको मध्यनेपाल नगरपालिका–७ की ८७ वर्षीया महिलाको मृत्यु भएको छ। मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको महिलाको बुधबार राति मृत्यु भएको हो।

प्रकाशित मिति: १८:४२ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्