Kathmandu Press

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

बलेवा, मंसिर ११ : हरिबोधिनी एकादशी पर्वका अवसरमा भक्तजनले सामाजिक दूरी कायम गर्दै पवित्र कालीगण्डकी नदीमा स्नान गरेका छन्। कोरोना महामारीका कारण भीड...
सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

बलेवा, मंसिर ११ : हरिबोधिनी एकादशी पर्वका अवसरमा भक्तजनले सामाजिक दूरी कायम गर्दै पवित्र कालीगण्डकी नदीमा स्नान गरेका छन्। कोरोना महामारीका कारण भीड जम्मा हुँदा जोखिम हुने भएकाले भक्तजनले पालैपालो कालीगण्डकीमा स्नान गरेका हुन्।

आजका दिन कालीगण्डकीको स्नान गरेर निराहार बस्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ। बागलुङको जैमिनी धाम, पर्वतका नरसिंहधामको पश्चिम किनारा, निरहेघाट, मालढुंगालगायत क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो छ। धार्मिक मान्यतानुसार आजको दिन विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरिन्छ। 

Hardik ivf

बागलुङमा तुलसीको विवाह गर्नुपूर्व कालीगण्डकीको स्नान गर्नुपर्ने मान्यता छ। आजको दिन अन्न खान नहुने भएकाले बागलुङ बजारमा सखरखण्ड, पिँडालु र वनतरुल बिक्रेताको पनि बाक्लो उपस्थिति छ।

ससाना डोका तथा ठेलागाडामा निराहार बसेकाहरुका लागि कन्दमूल बिक्री गर्न बिक्रेताहरु बागलुङ बजार आएका छन्। यहाँका ससाना फलफूल तथा तरकारी पसलमा समेत कन्दमूल बिक्रीका लागि राखिएका छन्। 

प्रकाशित मिति: १७:१९ बजे, बिहीबार, मंसिर ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्