काठमाडौं आइपुगे भारतीय विदेश सचिव श्रींगला
काठमाडौं, मंसिर ११ : भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनी बिहीबार बिहान ११ बजे काठमाडौं...
काठमाडौं, मंसिर ११ : भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनी बिहीबार बिहान ११ बजे काठमाडौं आइपुगेका हुन्।
पछिल्लो एक वर्षमा भारतबाट काठमाडौं आएका श्रींगला उच्च कूटनीतिज्ञ हुन्। गत वर्ष लिपुलेक, कालापानी क्षेत्रबारे चुलिएको विवाद सुधार्न पछिल्लो समय भारतबाट विभिन्न भ्रमण भइरहेका छन्।
उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











