Kathmandu Press

जंगलमा खोर थापेर समातियो चितुवा

तनहुँ, मंसिर ११ : खोर थापेर तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा चितुवालाई नियन्त्रणमा लिइएको छ।मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा परेर...
जंगलमा खोर थापेर समातियो चितुवा

तनहुँ, मंसिर ११ : खोर थापेर तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा चितुवालाई नियन्त्रणमा लिइएको छ।

मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा परेर आज बिहान चितुवा नियन्त्रणमा आएको हो। सहायक वन अधिकृत सुरेशकुमार भुजेलले खोरमा परेर चितुवा नियन्त्रणमा आएको र सुरक्षितरूपमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताए।

मजुवा ओख्ले सामुदायिक वनमा थापिएको खोरमा परेर दोस्रो पटक चितुवा नियन्त्रणमा आएको हो। गत वर्ष पनि खोरमा एउटा चितुवा परेको थियो।

खोरमा परेर नियन्त्रणमा आएको यो एघारौँ चितुवा हो। केही दिनअघि मात्रै आँबुखैरेनी गाउँपालिका–२ पौवागाउँमा थापिएको फलामको खोरमा परेर चितुवा नियन्त्रणमा लिइएको थियो।

जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ। भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका छन्।

चितुवाले बस्तीमै आएर स्थानीयवासीले पालेका वस्तुमाथि पनि आक्रमण गर्दै आएको छ। यो चितुवाले पनि आक्रमण गर्न थालेपछि खोर थापिएको थियो।

प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, मंसिर ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्