Kathmandu Press

त्रिशुली दुर्घटना : दुईको शव भेटियो, एक अझै वेपत्ता (अपडेट)

चितवन, मंसिर ११ : त्रिशुलीमा पिकअप भ्यान खस्दा बेपत्ता भएकामध्ये दुई जनाको शव भेटिएको छ। अझै एक जना वेपत्ता रहेका छन्।प्युठानबाट बिरामी बोकेर...
त्रिशुली दुर्घटना : दुईको शव भेटियो, एक अझै वेपत्ता (अपडेट)

चितवन, मंसिर ११ : त्रिशुलीमा पिकअप भ्यान खस्दा बेपत्ता भएकामध्ये दुई जनाको शव भेटिएको छ। अझै एक जना वेपत्ता रहेका छन्।

प्युठानबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको पिकअप भ्यान आज बिहान त्रिशुलीमा खसेको थियो। पिकअप भ्यानमा रहेका तीन जना वेपत्ता भएका थिए।

उनीहरुमध्ये दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। प्रहरीका अनुसार चालक सूर्य केसी र भ्यानमा सवार जमुना रोक्काको भेटिएको हो। सुरक्षाकर्मीले भ्यानभित्रैबाट नै शव निकालेको हो।

आज बिहान साढे ५ बजे लु १ च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित नागदी खोलाबाट त्रिशुली नदीमा खसेको थियो।

सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता भएका थिए। बेपत्ता रहेका एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पिकअपमा सवार चारमध्ये एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।

प्रकाशित मिति: १६:१२ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्