Kathmandu Press

भारतीय विदेश सचिव श्रींगला दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै

भारतीय विदेश सचिव श्रींगला दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै

काठमाडौं, मंसिर ११ : भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। यही वर्ष भारतीय विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रींगलाको यो पहिलो नेपाल भ्रमण हो।

भ्रमणका क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्नेछन् भने अन्य महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने जनाइएको छ।

नेपाल र भारतका बीचमा भूमि विवादबारे उच्चस्तरीय तहमा वार्ता गर्न खोजेको लामो समयपछि विदेशसचिव आउन लागेका हुन्। लिपुलेक र कालापानी क्षेत्रमा विवाद चुलिएपछि काठमाडौं आउन लागेका उनी पहिलो भारतीय उच्च कूटनीतिज्ञ हुन् ।

भारतले उनको भ्रमणलाई उच्चस्तरीय भ्रमणको परम्पराको निरन्तरता भएको भनेको छ। विदेश सचिव श्रींगला १२ गते नयाँ दिल्ली फर्कनेछन्। 

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्