Kathmandu Press

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ३५ नाघ्यो 

काठमाडौ, मंसिर ११ : भारतमा १ लाख ३५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा थप ५१८ जनाको मृत्यु भएसँगै...
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ३५ नाघ्यो 

काठमाडौ, मंसिर ११ : भारतमा १ लाख ३५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५१८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार २६१ पुगेको हो । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४४ हजार ६९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९२ लाख ६६ हजार ६९७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ७७ हजार ९८६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १३:२९ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्