Kathmandu Press

विश्व प्रसिद्ध महान फुटबलर म्याराडोना रहेनन् 

काठमाडौं, मंसिर ११ : फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ ।६० वर्षको उमेरमा उनको...
विश्व प्रसिद्ध महान फुटबलर म्याराडोना रहेनन् 

काठमाडौं, मंसिर ११ : फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ ।

६० वर्षको उमेरमा उनको निधन भएको हो। अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार उनको निधन भएको हो । रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो। 

म्याराडोनाले अर्जेन्टिनाका लागि खेलेका ९१ खेलमा ३४ अन्तर्राष्ट्रिय गोल गरेका थिए। उनले ४ पटक फिफा विश्वकप खेलेका थिए। उनले आफ्नो ३७ औँ जन्मदिनका अवसरमा सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। पछि उनी अर्जेन्टिनाको मुख्य प्रशिक्षक समेत बनेका थिए ।

म्यारमडोनाको निधनले विश्व खेल क्षेत्र स्तब्ध बनेको छ। विश्व चर्चित व्यक्तिहरुले उनीप्रति समवेदना प्रकट गरिरहेका छन्। आर्जेन्टिनाका राष्ट्रपतिले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।

राष्ट्रपति अर्बेर्टो फेर्नान्डेशले भनेका छन्, तिमिले हामीलाई विश्वको उच्च तहमा पुर्‍यायौ, हामीलाई निकै खुशी दियौ। हामीले सधैँ तिमिलाई सम्झिरहने छौँ। 

प्रकाशित मिति: १३:०४ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्