अमेरिकी चुनावः किन महत्वपूर्ण छ ट्रान्जिसन प्रोसेस ?
काठमाडौं, मंसिर ११ : हप्तौंसम्म चलेको खिचातानी पछि अमेरिकाको जनरल सर्भिस एडमिनिस्ट्रसन (जीएसए) मा यो सुनिश्चित भयो कि प्रेसिडेन्ट इलेक्टेड जो बाइडनले राष्ट्रपति चुनाव...
काठमाडौं, मंसिर ११ : हप्तौंसम्म चलेको खिचातानी पछि अमेरिकाको जनरल सर्भिस एडमिनिस्ट्रसन (जीएसए) मा यो सुनिश्चित भयो कि प्रेसिडेन्ट इलेक्टेड जो बाइडनले राष्ट्रपति चुनाव जिते। अर्को तर्फ वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नयाँ प्रशासनका लागि ट्रान्जिसन प्रक्रिया सुरु गर्न अनुमति दिएका छन्। अमेरिकामा बाइडन प्रशासनका लागि ट्रान्जिसन प्रक्रिया अब सुरु भएको छ। अमेरिकामा राष्ट्रपति पद सम्हाल्नु अघिको तयारी निकै जटिल र महत्वपूर्ण हुन्छ।
के हो प्रेसिडेन्सियल ट्रान्जिसन ?
राष्ट्रपति पदका उम्मेदवारको चुनाव जितेपछि र सपथ ग्रहण समारोह अघिको समयलाई ट्रान्जिसन भनिन्छ। यो ट्रान्जिसन निर्वाचित राष्ट्रपतिको नन–प्रोफिट ट्रान्जिसन टिमले गर्नेछ। यो टिम क्याम्पेन टिम भन्दा फरक हुन्छ र यसको आफ्नै स्टाफ र बजेट समेत हुन्छ।
जवाहरलाल नेहरु (नेएनयू) यूनिभर्सिटीका स्कुल अफ इन्टरनेश्नल स्टटिजका प्रोफेसर केपी विजयलक्ष्मी भन्छिन्, ‘अमेरिकामा सबै राज्यमा २४ डिसेम्बरसम्म त्यहाँको चुनावको नतिजालाई सर्टिफाइ गर्ने समय हुन्छ। २० जनवरीमा इनोगरेसन डे हुन्छ। अमेरिकामा जनरल सर्भिस एडमिनिस्ट्रेसन एजेन्सीले औपचारिकरुपमा ट्रान्जिसन प्रोसेस सुरु गर्छ र प्रेसिडेन्ट इलेक्टको टिमले सहयोग गर्छ। यो प्रक्रियामा निर्वाचित राष्ट्रपतिले आफ्नो क्याविनेट तय गर्छन्।’
अमेरिकामा कुनै एक निर्वाचन आयोग छैन। त्यहाँ हरेक राज्यले मतगणना गर्छन र यसको नतिजा सार्वजनिक गर्छन्। बरिष्ठ अर्थशास्त्री र अमेरिका ममलाका जानकार डाक्टर बालाचन्द्रन भन्छन्, ‘२० जनवरीसम्म ट्रम्प राष्ट्रपति हुन् र उनले निर्णय समेत गर्न सक्छन्। राति १२ बजे २१ जनवरीको सुरुवातसँगै बाइडन राष्ट्रपति हुनेछन्। अमेरिका कुनै सानो देश होइन। अफगानिस्तान, इराक समेतका धेरै देश अमेरिकाकै एक्सनमा चल्दै आएका छन्। यस्तो अवस्थामा राष्ट्रपति बन्नुभन्दा पहिला बाइडनलाई विश्वभर भइरहेको अमेरिकी कामकाजको जानकारी आवश्यक हुन्छ।’
राष्ट्रपति बनेपछि बाइडनका अघि कुनै प्रकारका समस्या नओस् र सत्ता हस्तान्तरण सहज होस् भनेर तमाम जानकारी उनलाई र उनको टिमलाई दिइन्छ। सीआईए र अन्य एजेन्सीबाट सबै खुफिया र महत्वपूर्ण जानकारी बाइडन र उनको टिमलाई दिइन्छ।

किन गरिन्छ ट्रान्जिसन प्रोसेस
प्रोफेसर विजयलक्ष्मी भन्छिन्, ‘ट्रान्जिसन प्रोसेस यसकारण गरिन्छ कि तीन नोभेम्बरमा चुनाव हुँदा २० जनवरीमा राष्ट्रपति पदको सपथ लिने वित्तिकै काम सुरु गर्न सकियोस्। यो बीचको अवधिमा काम नरोकियोस्। सोही कारण यो प्रक्रिया केही लामो हुन्छ।’
पार्टनरसिप फर पब्लिक सर्भिसका सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसनलाई लागु गर्न सहयोग गर्छ। यो नयाँ राजनीतिक नेतृत्वको तयारीमा सहयोग गर्छ र नयाँ राजनीतिक नियुक्तीलाई सरकारी नेतृत्वका साथ काम गर्ने सम्बन्धमा गाइडेन्स दिन्छ। यो सेन्टरले निवर्तमान राष्ट्रपतिलाई दोस्रो टर्मका लागि तयार गर्न समेत सहयोग गर्छ र यदी कोही नयाँ राष्ट्रपति निर्वाचित हुन्छ भने यसले निर्वतमान राष्ट्रपतिलाई सत्ता सहज तरिकाले हस्तान्तरणका लागि आवश्यक कदमकाबारेमा सल्लाह समेत दिन्छ।
यो सेन्टरले सन् २०२० का लागि प्रेसिडेन्सियल ट्रान्जिसन गाइड जारी गरेको छ। यो गाइडमा यदी ट्रान्जिसन प्रक्रिया ठिक तरिकाले भयो भने नयाँ प्रशासनका लागि सफलताको मानक बन्ने बनाइएको छ। अर्को तर्फ यदी ट्रान्जिसन ठिक तरिकाले नभए नयाँ प्रसासनका लागि रिकभर गर्न मुस्किल हुने बताइएको छ।
पहिलो वा दोस्रो टर्मका लागि ट्रान्स्जिनको योजना बनाउने काम चुनावको मिति भन्दा पहिले नै सुरु हुन आवश्यक छ। यसका लागि संगठन तयार गर्नु, लक्ष्य तयार गर्नु र आफ्नो प्राथमिकता हासिल गर्नका लागि जरुरी कदम उठाउनु आदी समावेश छन्। निलमदेव भन्छन्, ‘नयाँ राष्ट्रपति र उनको टिमलाई सबै महत्वपूर्ण कुराका बारेमा ब्रिफ गरिन्छ। भलै बाइडन निर्वाचित भएका छन् र ट्रान्जिसन प्रोसेस समेत सुरु भइसकेको छ। तर अहिलेसम्म पनि ट्रम्पले निर्णय लिन सक्छन् र उनको फैसलामा बाइडनले हस्तक्षेप गर्न सक्दैनन्।’
नयाँ राष्ट्रपतिका लागि ट्रान्सिजनको मुख्य लक्ष्य
ट्रान्सिजनको प्रक्रियामा ह्वाइट हाउस र राष्ट्रपतिको कार्यकारी कार्यालयका स्टाफले महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। यसका साथै चार हजार भन्दा धेरै प्रेसिडेन्सियल नियुक्ती गरिन्छ। जसमा १ हजार २ सय भन्दा धेरै नियुक्ति यस्ता हुन्छन्, जसमा सिनेटको स्विकृति आवश्यक हुन्छ। साथै यस प्रक्रियामा नयाँ प्रशासनका लागि एक पोलेसी प्लेटफर्म तयार गर्नुपर्ने हुन्छ। जुन क्याम्पेनमा गरिएका बाचामा आधारित हुन्छन्।
यसमा कार्यकारी कदम, एक म्यानेजमेन्ट एजेन्डा, एक बजेट प्रस्ताव र सम्भावित कानूनको योजना बनाउने काम समेत समावेश हुन्छन्। क्याम्पेनका समयमा पेश गरिएका नीति लागू गर्नका लागि सय देखि दुई सय दिनको योजनाको तयारी समेत यही ट्रान्सिजन प्रक्रियामा गरिन्छ। यी सबै तयारी पहिलै गर्दा नयाँ प्रशासन आएलगत्तै काम तिव्ररुपमा गर्ने वातावरण बन्छ। - बीबीसी हिन्दीबाट










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)