निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन फेरि स्थगित
काठमाडौं, मंसिर १० : सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन फेरि स्थगित गरेको छ। बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंसिर...
काठमाडौं, मंसिर १० : सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन फेरि स्थगित गरेको छ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंसिर २७ मा हुने भनिएको निर्वाचन स्थगित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।
मन्त्री गुरुङले निर्वाचनको अर्को मिति तय नभएसम्मका लागि स्थगित भएको बताए। यसअघि गत असोज २४ का लागि तोकिएको ट्रेड युनियनको निर्वाचन कोरोना भाइरसको संक्रमणका कारण मंसिर २७ गतेका लागि तोकिएको थियो।
प्रकाशित मिति: ०१:३२ बजे, बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)