नेपाली क्रिकेट टिमका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण
काठमाडौं, मंसिर १० : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जना क्रिकेटरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बुधबार आएको परीक्षणको रिपोर्टमा...
काठमाडौं, मंसिर १० : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जना क्रिकेटरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार आएको परीक्षणको रिपोर्टमा कप्तान मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई कोरोना संक्रमण पुष्टि भएको हो। बन्द प्रशिक्षणका लागि बोलाइएका २२ खेलाडीमध्ये १८ जना खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो।
बन्द प्रशिक्षणका लागि बोलाइएका शरद भेषावकर, बसन्त रेग्मी, सन्दीप लामिछाने र सुवास खकुरेलले भने कोरोना परीक्षणका लागि स्वाब दिएका छैनन्।
प्रकाशित मिति: ००:५४ बजे, बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)