काठमाडौं उपत्यकामा बुधबार थपिए ८३५ जना कोरोना संक्रमित
काठमाडौं, मंसिर १० : काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ८३५ जनामा कोरोना...
काठमाडौं, मंसिर १० : काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, बुधबार नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने अहिलेसम्म २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारमात्रै ३१४० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३८९ पुगेको छ।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)