Kathmandu Press

थप १९४८ जनामा कोरोना संक्रमण, ३१४० जना डिस्चार्ज

नेपालमा थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
थप १९४८ जनामा कोरोना संक्रमण, ३१४० जना डिस्चार्ज
सांकेतिक तस्वीर।

काठमाडौं,  मंसिर १० : नेपालमा थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने अहिलेसम्म २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३८९ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारमात्रै ३१४० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:०५ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्