Kathmandu Press

ठगीको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

काठमाडौं, मंसिर १० : ठगीको आरोपमा नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपाने पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले न्यौपानलाई बुधबार चण्डोलबाट पक्राउ...
ठगीको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

काठमाडौं, मंसिर १० : ठगीको आरोपमा नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपाने पक्राउ परेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले न्यौपानलाई बुधबार चण्डोलबाट पक्राउ गरेको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए। 

इन्जिनिरिङ कलेजमा ठगी गरेको आरोपमा न्यौपानेसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। न्यौपाने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा पनि मुछिएका व्यक्ति हुन्।

यसअघि सीआईबीले न्यौपानेसहित पाँच जनाविरूद्ध गत कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको थियो।  कलेजमा न्यौपानेसहित पाँच जनाविरुद्ध ८ करोड २१ लाचख ६ सय ५० रुपैयाँ बिगो छ।

 इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा उनले ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दामाथि ब्युरोले अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: २२:०३ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्