Kathmandu Press

आईओएफटीसी अनलाइन पुम्से हुने

काठमाडौं, मंसिर १० :  इन्टरनेश्नल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा दोस्रो आईओएफटीसी अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने भएको छ।अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय...
आईओएफटीसी अनलाइन पुम्से हुने

काठमाडौं, मंसिर १० :  इन्टरनेश्नल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा दोस्रो आईओएफटीसी अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने भएको छ।

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आफ्नो २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो।प्रतियोगितामा ब्ल्याक वेल्ट र कलर वेल्ट गरी जम्मा ५० स्पर्धामा प्रतिस्पर्धा हुने आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जानकारी दिए।  

Hardik ivf

ब्ल्याक वेल्टमा पुरुष-महिलामा समान ११–११ स्पर्धामा खेल हुनेछ। कलर वेल्टतर्फ पुरुष-महिलामा समान १४–१४ स्पर्धा समावेश छन्। डिसेम्बर १५ देखि २५ तारिखसम्म बढीमा ९० मिनेट सम्मको श्रब्यदृष्य पठाउनु पर्नेछ। नतिजा ३१ डिसेम्बरमा सार्वजनिक गरिने आयोजकले जनाएको छ। उत्कृष्ट पुरुष-महिला खेलाडीलाई जनही १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ।

नेपाली खेलाडीको सहभागितामा सहजीकरण गर्ने हेतुले रामचन्द्र ब्यन्जनकारको संयोजकत्वमा ५ सदस्यीय आईओएफटीसी हेल्प डेस्क टिम नेपाल गठन गरिएको छ। टिमका सदस्यहरुमा रजिन सिंह, अर्जुन महर्जन, निरोज गौतम र नमिका मोक्तान रहेका छन्। 

प्रतियोगिताको पहिलो संस्करण गत जुनमा भएको थियो। त्यतिबेला २८ राष्ट्रका ४ सय २७ खेलाडीले सहभागिता जनाएका थिए। कोरोना भाइरसको जोखिमका कारण खेलमा फर्कन नपाइरहेको अवस्थामा प्रतियोगिताले खेलाडीलाई थारै भएपनि राहत दिने निर्देशक महर्जनले बताए।
 

प्रकाशित मिति: २१:०० बजे, बुधबार, मंसिर १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्