दुर्घटनामा घाइते वृद्धको अस्पतालमा कोरोनाबाट मृत्यु
चितवन, मंसिर १० : दुर्घटनामा घाइते भएर अस्पताल भर्ना भएका एक बृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरका...
चितवन, मंसिर १० : दुर्घटनामा घाइते भएर अस्पताल भर्ना भएका एक बृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरका बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले बताए।
नवलपुरको गैंडाकोटा नगरपालिका–८ का ६० वर्षीय बृद्धको कत्तिक २९ गते सडक दुर्घटनामा परी अस्पताल भर्ना भएका थिए।। उपचारका क्रममा स्वाब परीक्षण गर्दा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममा आज बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: २०:०९ बजे, बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)