Kathmandu Press

कोरोना संक्रमणको कारण पोखरामा थप एकको मृत्यु

काठमाडौं, मंसिर १० : कोरोना संक्रमणको कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ।  पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूषको बुधबार बिहान मृत्यु...
कोरोना संक्रमणको कारण पोखरामा थप एकको मृत्यु

काठमाडौं, मंसिर १० : कोरोना संक्रमणको कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ।  पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूषको बुधबार बिहान मृत्यु भएको हो।

मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै आएको थियो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको १४२ पुगेको छ।

प्रकाशित मिति: १९:४६ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्