कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु
काठमाडौं, मंसिर १० : विराटनगरमा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ३ र कोशी अस्पतालको कोभिड १९ उपचार...
काठमाडौं, मंसिर १० : विराटनगरमा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ३ र कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा धनकुटा नगरपालिका– ४ का ८२ वर्षीय वृद्ध रहेका छन्। मंसिर ८ गते मेडिकल कलेज भर्ना भएका उनको बुधबार बिहान मृत्यु भएको हो।
त्यस्तै नोवेल मेडिकल कलेजमा धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको मृत्यु भएको छ। मंसिर ६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको उनको मंगलबार राति मृत्यु भएको हो।
त्यस्तै, कोरोना संक्रमणको कारण रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार दिउँसो अस्पताल भर्ना गरिएको उनको साँझ मृत्यु भएको थियो।
कोरोना संक्रमणको कारण कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको छ। धनपालथान गाउँपालिका– ६, मोरङकी ७० वर्षीया वृद्धाको बुधबार बिहान मृत्यु भएको हो। उनी कात्तिक २६ गते अस्पताल भर्ना भएकी थिइन्।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)