Kathmandu Press

बाँकेमा कोरोना संक्रमणबाट एक बृद्धाको मृत्यु

नेपालगन्ज, मंसिर १० : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एक जना बृद्धाको मृत्यु भएको छ।दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ७७ वर्षीया बृद्धाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज...
बाँकेमा कोरोना संक्रमणबाट एक बृद्धाको मृत्यु

नेपालगन्ज, मंसिर १० : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एक जना बृद्धाको मृत्यु भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ७७ वर्षीया बृद्धाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो। उनको उपचारका क्रममा गएराति १२ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

उनलाई विसन्चो भएपछि मंसिर ५ गते बिहान अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गर्दा मंसिर ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनलाई श्वासप्रश्वासमा समस्या रहेको थियो।

प्रकाशित मिति: १७:३२ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्