Kathmandu Press

बर्दिवासमा निषेधाज्ञा, पाँचभन्दा बढी भेला हुन नपाउने

प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएपछि बर्दिवासमा पुनः प्रदर्शन सुरु भएको छ। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
बर्दिवासमा निषेधाज्ञा, पाँचभन्दा बढी भेला हुन नपाउने

बर्दिवास, मंसिर १० : प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएपछि बर्दिवासमा पुनः प्रदर्शन सुरु भएको छ। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

मंसिर ७ गते साँझ घर आगनमा खेलिरहेकी ६ वर्षीया बालिका हराएकी थिइन्। उनको मंसिर ८ गते राति घरनजिकैको झाडीमा शव भेटिएको थियो।

त्यसपछि स्थानीय बासिन्दाले हत्यारालाई कारबाहीको माग गर्दै प्रर्दशन गरेका थिए। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका थिए। गम्भीर घाइते बर्दिबास–१ का बुद्धिराज न्यौपाने (सञ्जय) काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

सञ्जयको मृत्युको खबर आएपछि आज बिहानैदेखि फेरि प्रदर्शन सुरु भएको हो। स्थिति नियन्त्रणबाहिर जान नदिन जिल्ला प्रशासन कार्यालय, महोत्तरीले बर्दिवास नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो।

बुधबार बिहान ९ बजेदेखि भोलि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले बताए। बर्दिवास नगरपालिकाको पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को गौरीवास (पाटु) र दक्षिणमा वार्ड नं ८ को हात्तीलेट क्वार्टर चौकसम्म बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको प्रजिअ कटुवालले बताएश्र

निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने जनाएको छ। पूर्व पश्चिम राजमार्ग भने सञ्चालन हुने प्रजिअ कटुवालले बताए।

बालिकाको हत्याको आरोपमा अरुणकुमार साह पक्राउ परेका छन्। उनी यस अघि पनि हत्याको आरोपमा पक्राउ परेका थिए। जिल्ला अदालतले उनलाई वैशाखमा एक लाख धरौटीमा रिहा गरेको थियो।

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्