नेकपा महासचिवलाई बुटवलमा कालो झण्डा
बुटवल, मंसिर १० : नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटलमा कालो झण्डा देखाइएको छ।नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुलनजिक...
बुटवल, मंसिर १० : नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटलमा कालो झण्डा देखाइएको छ।
नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुलनजिक नेपालगन्ज रोडमा महासचिव पौडेललाई कालो झण्डा देखाएका हुन्। उनी बुटवलबाट पश्चिम सैनामैनातर्फ जाँदै थिए।
उनी आफ्नो निर्वाचन क्षेत्र जाँदै थिए। रुपन्देही–२ को सैनामैना माबि र पर्रोहा माबिको नवनिर्मित भवनको उदघाटन गर्ने कार्यक्रम रहेको छ।
कालो झण्डा देखाउने प्रदर्शनकारीलाई प्रहरीले हटाएपछि मात्रै उनी सैनामैनातर्फ गएका छन्।
उनले बुटवल राजधानी बनाउने भन्दै गत निर्वाचनमा मत मागेका थिए। अहिले दाङ राजधानी बनाइएपछि पौडेलको विरोध हुँदै आएको छ।
प्रकाशित मिति: १६:२८ बजे, बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)