Kathmandu Press

नागढुङ्गामा आफ्नै ट्रकले किचेर साहुको मृत्यु

काठमाडौं, मंसिर १० : काठमाडौंको नागढुङ्गामा आफ्नै ट्रकले किचेर साहुको मृत्यु भएको छ।काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना ६ ख ९७४८ नम्बरको...
नागढुङ्गामा आफ्नै ट्रकले किचेर साहुको मृत्यु

काठमाडौं, मंसिर १० : काठमाडौंको नागढुङ्गामा आफ्नै ट्रकले किचेर साहुको मृत्यु भएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना ६ ख ९७४८ नम्बरको ट्रकले किचेर ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मृत्यु भएको हो।

मोड मिलाउन खोज्दा पछाडिको चक्का किचेर मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीले बताए।

उनका अनुसार ट्रकभरि सामान थियो। मोड नपुगेपछि साहु विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको डिएसपी कार्कीले बताए।

प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १५:४३ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्