Kathmandu Press

बर्दिवास तनाव : प्रहरीको गोली लागेका युवकको मृत्यु

महोत्तरी, मंसिर १० : बर्दिवासमा भएको प्रदर्शनमा मंगलबार प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ।बर्दिबास–१४ की ६ वर्षीया गुलबसा खातुनको मंसिर...
बर्दिवास तनाव : प्रहरीको गोली लागेका युवकको मृत्यु

महोत्तरी, मंसिर १० : बर्दिवासमा भएको प्रदर्शनमा मंगलबार प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ।

बर्दिबास–१४ की ६ वर्षीया गुलबसा खातुनको मंसिर ८ गते राति घरनजिकै शव भेटिएको थियो। उनी अघिल्लो दिन घरआगनबाटै वेपत्ता भएकी थिइन्।

उनको हत्यारालाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाले मंगलबार बर्दिबासमा प्रदर्शन गरेका थिए। उनीहरुले हत्याको आरोपमा पक्राउ परेका महोत्तरीको गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुणकुमार साहको घरमा आगजनी गरेका थिए।

तनाव साम्य पार्न प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा गोली चलेको थियो।

प्रहरीको गोली लागेर बर्दिबास–१ का बुद्धिराज न्यौपाने (सञ्जय)सहित दुई जना गम्भीर घाइते भएका थिए। बुद्धिराजको गएराति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।

बुद्धिराज र अर्का घाइते बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै उनको मृत्यु भएको जनाएको छ। मंगलबार राति १ बजे उनको मृत्यु भएको स्थानीय बासिन्दा बिस्नु बम्जनले बताए।

 

प्रकाशित मिति: १५:३४ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्