विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको छ: जो बाइडन
काठमाडौं, मंसिर १० : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका महत्त्वपूर्ण छ वटा पदमा मनोनित गरेका छन्। उनले...
काठमाडौं, मंसिर १० : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका महत्त्वपूर्ण छ वटा पदमा मनोनित गरेका छन्। उनले अमेरिकी तल्लो सदनमा रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेकोमा पनि जोड दिए।
बाइडनले विदेशमन्त्रीको जिम्मेवारी दिने गरी मनोनित गरेका टोनी ब्लिङ्केनले अमेरिका विश्व मञ्चमा विश्वासका साथ र मानवीय दुवै किसिमले प्रस्तुत हुनुपर्ने आवश्वकता रहेको बताएका छन्। अमेरिकासँग अन्य देशहरूलाई साथमा ल्याउने बेजोड क्षमता रहेको तर उनीहरूको पनि सहकार्य आवश्यक हुने उनको भनाइ छ।
होमल्यान्ड सिक्युरिटीमा बाइडनद्वारा मनोनित क्युबामा जन्मिएका अलेहान्द्रो मयोर्कसले आफ्ना अभिभावकले कम्युनिज्म छल्न आफूलाई अमेरिका ल्याएको बताउँदै देशको सेवामा रात दिन खटिने प्रण गरे। पहिलो महिला डिरेक्टर अफ नेसनल इन्टेलिजेन्समा मनोनित एभ्रिल हेन्सले असुविधाजनक र अप्ठेरो नै भए पनि उनले सत्य बोल्ने वाचा गरिन्। अर्थशास्त्री ज्यानेट येलेनले अर्थमन्त्रीको भूमिका पाउने बताइएको छ। यी सबै मनोनयन सिनेटको सुनुवाइ समितिबाट अनुमोदित हुनु पर्नेछ।
साथै बाइडनले जलवायु परिवर्तनको सङ्कटसँग जुझ्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गरेका छन्। बाइडनले आफ्नो समूहको घोषणा गर्दै भनेका छन्, विश्वको नतृत्व गर्न अमेरिका फर्केर आएको छ। यदि अनुमोदन भएमा एभ्रिल हेन्स पहिलो महिला डिरेक्टर अफ न्याश्नल इन्टेलिजेन्स बन्ने छिन् भने अलेहान्द्रो मयोर्कस होमल्याण्ड सिक्युरिटीको पहिलो ल्याटिनी प्रमुख हुने छन्।
राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएका छन् र सँगै बाइडनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्ने छन्। तर ट्रम्पले चुनावी हार स्वीकार गरिसकेका छैनन् र नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको अप्रमाणित दाबी दोहर्याइ रहेका छन्। ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय खतरा र विकासक्रम बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी पाउने जनाएको छ।
राष्ट्रपति निर्वाचित जो बाइडनले आफ्नो मन्त्रिपरिषद्मा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै उक्त समूहले अमेरिकालाई पुनः एकताबद्ध गराउने बताएका छन् ।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)