Kathmandu Press

स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ : प्रचण्ड

काठमाडौं, मंसिर ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र न्यायपालिको गरिमामाथि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।अध्यक्ष...
स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ : प्रचण्ड

काठमाडौं, मंसिर ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र न्यायपालिको गरिमामाथि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

अध्यक्ष दाहालको सचिवालयले आज एक प्रेस नोट प्रकाशित गरी गत कात्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा प्रस्तुत गरिएको विषय स्वतन्त्र न्यायापालिकाको गरिमासँग सम्बन्धित नभएको उल्लेख गरेको छ।

प्रेस नोटमा भनिएको छ, ‘न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ।’ अध्यक्ष दाहालले सचिवालयका अन्य सदस्यसहितको सहमतिमा राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको थियो। नेकपाको सचिवालय बैठक यही कात्तिक १३ गते बस्ने कार्यक्रम छ। 

प्रकाशित मिति: ०१:२३ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्