काठमाडौं उपत्यकामा थपिए ९४७ जना कोरोना संक्रमित
काठमाडौं, मंसिर ९ : काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ९४७ जनामा कोरोना...
काठमाडौं, मंसिर ९ : काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, मंगलबार नेपालमा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने अहिलेसम्म २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३६१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै २७९१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)