Kathmandu Press

थप १७९० जनामा कोरोना संक्रमण पुष्टि, २७९१ जना डिस्चार्ज

नेपालमा थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
थप १७९० जनामा कोरोना संक्रमण पुष्टि, २७९१ जना डिस्चार्ज
सांकेतिक तस्वीर।

काठमाडौं,  मंसिर ९ : नेपालमा थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने अहिलेसम्म २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३६१ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै २७९१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २१:५४ बजे, मंगलबार, मंसिर ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्