Kathmandu Press

६ वर्षीया बालिका हत्या प्रकरण : बर्दिबास तनावग्रस्त, प्रहरीको गोली लागेर दुई जना घाइते

हत्याको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा सुरुमा प्रहरीले अश्रु ग्यास प्रहार गरेपनि स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि गोली चलाएको हो। 
६ वर्षीया बालिका हत्या प्रकरण : बर्दिबास तनावग्रस्त, प्रहरीको गोली लागेर दुई जना घाइते

बर्दिवास, मंसिर ९ : महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ। 

हत्याको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा सुरुमा प्रहरीले अश्रु ग्यास प्रहार गरेपनि स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि गोली चलाएको हो। 

प्रहरीको गोली लागेर तीन जना घाइते भएका छन्। प्रहरीको गोली लागेर  बर्दिवासका श्याम कार्की र सञ्जय न्यौपाने घाइते भएको इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रमुख डिएसपी राजन चापागाईले जानकारी दिए। 

उनका अनुसार कार्कीको टाउकोमा र न्यौपानेको खुट्टामा गोली लागेको छ। उनीरुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। 

गोली चलाउनु अघि प्रहरीले स्थिति नियन्त्रणमा लिन २२ सेल अश्रुग्यास चलाएको थियो। प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिन नेपाल, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। 

बालिका हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका-५ जिरो माइलका २६ वर्षीय युवक अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। उनले आफूले हत्यका गरेको स्वीकारसमेत गरेको प्रहरीले जनाएको छ।

यसअघि प्रदर्शनमा उत्रिएका आक्रोशित स्थानीय बासिन्दाले साहको घरमा समेत आगजनी गरेका थिए।
 

प्रकाशित मिति: २०:५० बजे, मंगलबार, मंसिर ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्