Kathmandu Press

बैतडीमा पेन्सन बुझेर फर्किएकाहरु चढेको जीप दुर्घटना, पाँच जनाको मृत्यु

बैतडी, मंसिर ९ : बैतडीको झुलाघाटबाट सदरमुकाम आउदै गरेको जीप दुर्घटना भएको दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते...
बैतडीमा पेन्सन बुझेर फर्किएकाहरु चढेको जीप दुर्घटना, पाँच जनाको मृत्यु

बैतडी, मंसिर ९ : बैतडीको झुलाघाटबाट सदरमुकाम आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

झुलाघाटबाट आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुड्डाको झाल नजिक दुर्घटना भएको हो। दुर्घटनामा बैतडीको सुर्नया गाउँपालिका-४ की ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका-५ अड्तोलाका ७७ वर्षीय भगिरथ पाण्डे, दशरथचन्द नगरपालिका-५ बस्कोटका ७२ वर्षीया पार्वती चन्द र ७३ वर्षीया पार्वती चन्द तथा दशरथचन्द नगरपालिका-२ देहिमाण्डौंका ५८ वर्षीय कृष्ण लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो।

Hardik ivf

दुर्घटनामा बैतडीकै रविन्द्र चन्द, प्रदिप लावड, खगेन्द्र जोशी, कृष्णप्रसाद भट्टसहित ६ जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

भारतमा पेन्सिन बुझ्ने नेपालीका लागि झुलाघाट नाका खुलेको थियो। त्यसका लागि सोमबारदेखि सयौं नेपाली भारतीय शहर झुलाघाट पुगेका छन्। पेन्सिन बुझेर फर्किनेहरु चढेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनाको कारण खुलेको नसकेको प्रहरीले जनाएको छ। जीप चालक भने फरार भएका छन्।

 

प्रकाशित मिति: २०:४८ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्