Kathmandu Press

चितवनमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु 

भरतपुर, मंसिर ९ : चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका–२१ की ७३ वर्षीय महिलाको उपचारका क्रममा...
चितवनमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु 
सांकेतिक तस्वीर।

भरतपुर, मंसिर ९ : चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका–२१ की ७३ वर्षीय महिलाको उपचारका क्रममा मंगलबार दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार ती महिला कात्तिक २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी थिइन्। स्वाब संकलन गरेर परीक्षण गर्दा गत कात्तिक २५ गते कोरोना पुष्टि भएको थियो।

योसँगै चितवनमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ।
 

प्रकाशित मिति: २०:३३ बजे, मंगलबार, मंसिर ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्